सुनको मुल्य घट्यो, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, ११ : २७
सुनको मुल्य घट्यो, कति पुग्यो तोलामा ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले घट्दै ९० हजार ५ सय रुपैयाँ कायम भएको हो ।

गत बुधबार प्रतितोला ३ सय रुपैयाँले घट्दै सुन ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार रुपैयाँमा झरेको छ । 

यता चाँदीको मूल्य भने गत बुधबारकै मूल्यमा कायम हुँदै एक हजार २९५ रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस