सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवा पक्राउ

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १० : ५६
सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवा पक्राउ

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक स्थायी ठेगाना भएका अभियुक्त सुरेश तिमल्सिनालाई बिहीबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । उनी दक्षिणकालीस्थित वर्कशपमा कार्यरत रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस