बागेश्वरी आश्रम परिसरमा लागुऔषध सेवन गर्ने एकजना युवक पक्राउ , आश्रम सुरक्षामा ध्यान दिन साधुहरुको प्रशासनलाई आग्रह,

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, १५ : ४७
बागेश्वरी आश्रम परिसरमा लागुऔषध सेवन गर्ने एकजना युवक पक्राउ , आश्रम सुरक्षामा ध्यान दिन साधुहरुको प्रशासनलाई आग्रह,

चितवन । राष्ट्रगुरु योगी नरहरिनाथ आश्रम बागेश्वरी चितवनबाट एकजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आश्रम परिसरमा गएर प्रतिबन्धित लागुऔषध चरेस खादै गरेको सुचनाका आधारमा त्यहा पुगेको प्रहरीले उक्त युवकलाई नियन्त्रणमा लिएकोे जनाइएको छ ।

बाहिरबाट अपरिचित अधबैशे एक ब्यक्ति आएर आश्रम परिसरमा बसेर चरेस खाएको र उसलाई पछि प्रहरी आएर पक्राउ गरी त्यहाबाट लगेको आश्रमका साधु सन्तहरुले बताएका छन् ।

आश्रममा अपरिचित मानिसहरु आएर लागुऔषध सेवन गर्न थालेपछि आश्रम र गौँ सुरक्षामा समेत खतरा बढेकाले यस्ता गतिबिधी नियन्त्रणका लागि प्रहरी प्रशासनले ध्यान दिन आवस्यक रहेको आश्रमका संरक्षक योगी पिताम्वरले बताए ।  

प्रतिक्रिया दिनुहोस