रुपन्देही । लुम्बिनी प्रदेशसभाको आज बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ ।आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीले नयाँ बजेटको राजश्व व्ययको अनुमानमाथि आफ्नो कुरा राख्ने, उठेका प्रश्नको जवाफ दिने र विनियोजन विद्येयक पेश गर्ने कार्यसूची तोकिएको थियो ।
आइतबार विपक्षी गठबन्धनले सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेका थिए । त्यसपछि बैठक स्थगित भएको थियो । विपक्षी दलहरूको सहमतिमै आजको बैठक सारिएको नेपाली काँग्रेसका प्रमुख सचेतक फकरुद्धिन खाँले जानकारी दिए ।
असार २१ गते जसपाका ४ सांसदको बारेमा सर्वोच्चबाट फैसला आइसकेपछि निचोडमा जाने दलहरुबीच सहमति भएपछि बैठक सारिएको उनले बताए । बैठक असार २७ गते १ बजे बस्ने प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ असार २०७८, १४ : ११
लेखकबाट थप