आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, ०७ : ५४
आजको मौसम : अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा र प्रदेश नं १, प्रदेश न २ ,बाग्मती प्रदेश र सुदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का  देखी मध्ययम वर्षा भईरहेको महाशाखाको भनाइ छ ।  

महाशाखाका अनुसार बुधबार दिनभर  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।   प्रदेश नं १, बाग्मति प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।

 यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ  छ । प्रदेश नं १, बाग्मती प्रदेश,  र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस