ट्रयाक्टर दुर्घटनामा १८ वर्षिय सहचालकको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०८ असार २०७८, ०९ : ३१
ट्रयाक्टर दुर्घटनामा १८ वर्षिय सहचालकको मृत्यु

बलेवा । बागलुङमा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्रयाक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो ।

आज बिहान ६ बजे ट्रयाक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । ट्रयाक्टरले च्यापिएर घाइते भएका सहचालक विकलाई चालकले धवलागिरि अस्पताल ल्याएका थिए ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए । चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । उनको नाम ठेगाना खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस