काठमाडौं । स्वास्थ्य मन्त्रालयले चीनबाट खरिद गर्न लागिएको खोपको परिमाण, मूल्य र आपूर्ति हुने समयबारे निश्चित नभएको जनाएको छ ।मन्त्रालयले विहिबार विज्ञप्ति जारी गर्दै चीनको साइनोफार्मबाट खरिद गर्न लागिएको भनिएको मिडिया विवरणलाई गलत रहेको उल्लेख गरेको हो ।
‘चीनसहित विभिन्न मुलुकबाट खोप खरिद गर्ने प्रक्रिया अघि बढिरहेको छ’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ, ‘तर, खोपको मात्रा, मूल्य र आउने समय र अन्य विवरण पूर्णतः गलत छ ।’
बुधबार कोभिड संकट व्यवस्थापन निर्देशक समिति सीसीएमसीको बैठकपछि बालुवाटारबाट जारी वक्तव्यमा चीनबाट ४० लाख डोज साइनोफार्म खोप ल्याउने प्रक्रिया अघि बढेको जनाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ असार २०७८, १८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैशाखमा ८ अस्पतालमा १५ सेवा थप गरिने
स्वास्थ्य मन्त्रालयले आर्थिक अवस्था कमजोर भएका बालबालिकाको नि:शुल्क मुटुको उपचार गर्ने
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
स्वास्थ्य मन्त्रालयले सोध्यो डा क्षेत्रीलाई स्पष्टीकरण
सुरुमै औषधी सेवन गरे हात्तीपाइले रोगबाट बच्न सकिन्छ : स्वास्थ्य मन्त्रालय
जलनको निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिइन्छ : स्वास्थ्यमन्त्री पौडेल