पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि , ७५ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १७ : ०४
पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा संक्रमण पुष्टि , ७५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ८ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै ५ हजार ९ सय ४  जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।  मन्त्रालयका अनुसार सोही अवधिमा ७५ जनाले ज्यान गुमाएका छन् । 

मन्त्रालयका अनुसार २१ हजार ७७३ जनामा कोरोना परीक्षण गर्दा ६८२५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट  ३२११ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट १८ हजार ५६२ जनाको परीक्षण भएको छ । 

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ जना रहेको छ । यस्तै मृतकको कुल संख्या ७ हजार ६३० पुगेको छ । 

हाल देशभर कोरोनाको सक्रिय संक्रमित १ लाख १ हजार ८३९ जना रहेको छ  । हाल संक्रमण निको हुने दर ८१ प्रतिशत रहेको छ ।