काठमाडौं ।बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५:३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १र१ जना बाँके र कैलालीका छन् ।भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका-६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५स्घण् बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका-२ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्यु भएको छ ।
यस्तै टीकापुर नगरपालिका-८ कैलालीका ७७ वर्षीय पुरूषको बुधबार विहान १२: ३० बजे मृत्यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका-१ बाँकेका ७० वर्षीय पुरूषको बुधबार विहान ८ बजे मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९४ पुगेको छ भने अन्य जिल्ला बाहिरका २९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ जेठ २०७८, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट