गलकोट । धवलागिरि अस्पतालमा भेन्टिलेटर र आइसीयूको क्षमता जम्मा पाँच शय्या हो ।अस्पतालमा आइसीयू र भेन्टिलेटर अहिले खाली छैन । अझै अस्पतालले कोरोनाका लागि छुट्याएको ३५ शय्या नै भरिएको छ ।त्यसैले अस्पतालमा कोरोना सङ्क्रमित भई भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामी आएपछि अस्पतालका चिकित्सकले बिरामीलाई आठ घण्टा लगाएर पोखरा पुयाएका छन् ।
भेन्टिलेटर आवश्यक बिरामीलाई भेन्टिलेटर तत्कालैै आवश्यक भए पनि चिकित्सकले बिरामीको अवस्था स्थिर राखी पोखरा पठाएका हुन् । कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–६ का ५० वर्षीय पुरुषलाई अस्पतालका चिकित्सकले आफैँ खटिएर अम्बो प्याकिङ मुखबाट कृत्रिम श्वास दिएर गरी पोखराको भेन्टिलेटरमा पुयाइएको छ ।अस्पतालमा कार्यरत फिजिसियन डा अभिषेक वाग्ले, डा सुनिल सिलवाल र डा प्राग गजुरेललगायतको समूहले बिरामीलाई अम्बो प्याकिङ गरी पोखरा पुयाएर भर्ना गरेको हो । यसका लागि चिकित्सक रातभर खटिएका थिए ।
धौलागिरि अस्पताल बागलुङमा कार्यरत डा.सिलवालका अनुसार आइतबार साँझ अस्पताल आएका सङ्क्रमितलाई तत्कालै भेन्टिलेटर आवश्यक पर्ने भएपनि अस्पतालमा भेन्टिलेटर खाली नरहेका कारण डाक्टरहरु आफैँ बिरामीसँग बसेर सोमबार बिहान मात्रै पोखरा पुयाइएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ जेठ २०७८, ११ : २०
लेखकबाट थप