पछिल्लो २४ घण्टमा ७ हजार ४ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १ सय ८५ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १० जेठ २०७८, १६ : ३१
पछिल्लो २४ घण्टमा ७ हजार ४ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १ सय ८५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार ४ सय २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १ सय३५ जना निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८ सय ४६ र एन्टिजेन विधिबाट ६ सय ७ जनाको परीक्षण गर्दा ७ हजार ४ सय २५ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा १ सय ८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५ सय ३१ पुगेको छ । 

यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४ सय८३ पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४ सय ४७ पुगेको छ । 
 

प्रतिक्रिया दिनुहोस