राष्ट्रपति विरुद्ध महाअभियोग आउन सक्छ, छलफल हुँदैछ : प्रचण्ड

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, ११ : ४०
राष्ट्रपति विरुद्ध महाअभियोग आउन सक्छ, छलफल हुँदैछ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे छलफल, सल्लाह भइरहेको बताएका छन् ।

कांग्रेस सभापति शेरवहादुर देउवा निवासमा प्रवेश गर्दै प्रचण्डले यस्तो बताएका हुन् । महाअभियोग आउला त ? भन्ने संचारकर्मीहरुको प्रश्नमा उनले भने–सल्लाह हुँदैछ,आउन सक्छ ।

पछिल्लो राजनितिक घटनाक्रमलाई लक्षित गर्दै दलहरु बिच छलफल तिव्र भएको छ । त्यसैक्रममा देउवा निवासमा विपक्षी गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस