काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्ध सबै एक हुनुपर्ने बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि राष्ट्रिय एकता आवश्यक रहेको बताए ।
‘जहाँ भ्रष्टाचार भएको, समाजले मानेको छ । गम्भीर ढंगले सदनमा प्रश्नहरू उठेका छन् । जनताले हेर्न चाहेको छ त्यहाँ हामी इमानदारिताका साथ त्यसको अनुसन्धानमा लाग्न जरुरी छ’ उनले भने । यसको निम्ति राजनीतिक दलहरूका बीचमा सहमति र एकता हुन आवश्यक रहेको उनले बताए ।
‘नियत र निष्ठा कसको के हो भन्ने कुरा बढी महत्वपूर्ण हुने रहेछ’ प्रचण्डले भनेका छन्, ‘हामी के साँच्चै सुशासनको पक्षमा इमानदारिताका साथ भ्रष्टाचारको विरुद्ध जसरी जानुपर्ने हो त्यसरी गएका छौं त ? नेपाली जनताले राजनीतिक दलहरूबाट, सरकारबाट त्यो महसुस गरेको छ त ?’
यसमा गम्भीर प्रश्न रहेको अध्यक्ष प्रचण्डले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होली पर्वले संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्छ : प्रचण्ड
प्रचण्ड आज रुपन्देहीमा, चार कार्यक्रममा सहभागी हुने
प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू बुटवल जाँदै
भोलि संसद्मा ‘प्रचण्ड’ले सम्बोधन गर्ने
देशमा फेरि राजा फर्किन असम्भव : प्रचण्ड
ओलीलाई ‘प्रचण्ड’को चेतावनी - तपाईँ आफैँ फेल भइसक्नुभयो, शिक्षकलाई अपमानित गर्ने अधिकार छैन