राष्ट्रपति र प्रधानमन्त्रीको कदम पछि नेता भीम रावलले दिए यस्तो प्रतिक्रिया..

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, १० : ५०
राष्ट्रपति र प्रधानमन्त्रीको कदम पछि  नेता भीम रावलले दिए यस्तो प्रतिक्रिया..

काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ ९५० अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेपछि एमाले माधव नेपाल समूहका नेता भीम रावलको प्रतिक्रिया आएको छ ।

उनले नेपालको संविधानको धारा ७६ (४) ऐच्छिक नभइ बाध्यकारी भएको भन्दै यसलाई छल्न नमिल्ने बताएका छन् । ‘नागरिकता देशको अस्मिता र अस्तित्वसंग गाँसिएको विषय हो । यसलाई कुर्सीको खेलसंग कदापि जोड्नु हुन्न।

नगरिकताबारे संविधान सभामा धेरै बहस भई संविधानमा लेखिएको भन्दा फरक किसमले जानु नेपाल र नेपालीको हित विरूद्ध हुन्छ।’, रावलले भनेका छन् ।