हेटौंडाबाट एक क्वीन्टल लागूऔषधसहित ३ जना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, ११ : ४९
हेटौंडाबाट एक क्वीन्टल लागूऔषधसहित ३ जना पक्राउ

मकवानपुर । हेटौंडाबाट लागूऔषध एक क्वीन्टल गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन राजपथ अन्तर्गतको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ बाट विषेश सूचनाको आधारमा सो परिमाणको लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्त प्रहरी नायव उपरीक्षक डिएसपीले जानकारी दिए ।

उनका अनुसार, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले सो सडक खण्डको नामटारबाट हेटौडातर्फ आउँदै गरेको ना २ ख ९८६२ नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रकको क्याबिनको भागको हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १७ वटा पोकामा गाँजा फेला परेको हो ।

पक्राउ पर्नेमा ट्रक चालक काभ्रे महाभारत गाउँपालिका वडा नम्बर–५ बस्ने बर्ष ४९ का आइते बहादुर मगर, मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर–९ बस्ने बर्ष ४१ का एक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका वडा नम्बर–१० बस्ने बर्ष ३६ का सविन भन्ने सुबिन रुम्बा रहेका छन् । पक्राउ परेको ट्रक र मानिसहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस