काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीच आज हुने भनिएको भेटवार्तामा दुबैतर्फका दोस्रो तहका नेताहरु सहभागी भइसकेका छन् । तर अझै प्रधानमन्त्री केपी ओली बैठकमा पुगेका छैनन् ।
सिंहदरबारमा हुने भनिएको छलफलका समय साँझ ६ बजे तोकिएको थियो । माधव पक्षका नेताहरु बैठकस्थल पुगिसकेका छन् । ओली पक्षका नेता पनि बैठकमा सहभागी छन्, तर ओली अझै बैठकस्थल पुगेका छैनन् ।
ओली पक्षका नेता ईश्वर पोखरेल विष्णु पौडेल, सुवास नेम्वाङ र रामबहादुर थापा बैठकस्थल पुगेका छन् । नेताहरु माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त बैठकस्थलमा छन् । दुबै पक्षबीच छलफल सुरु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ बैशाख २०७८, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिमा सक्रियता बढाउँदै पूर्वराष्ट्रपति भण्डारी, छेक्ने दाउमा ओली
नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाण पत्र
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव
प्रधानमन्त्री ओलीले गरे पाँचतारे होटल लेमन ट्रिको उद्घाटन
यस्ता छन् ओली सरकारले एक महिनामा गरेको मुख्य काम र विवाद
दलित समुदायविहीन बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद्