अक्सिजन उद्योगको विद्युत महसुल छुट हुन्छ : ऊर्जामन्त्री रायमाझी

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १८ : ५०
अक्सिजन उद्योगको विद्युत महसुल छुट हुन्छ : ऊर्जामन्त्री रायमाझी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले देशभरका सबै अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट निर्णय गरेको छ ।

वैशाखदेखि लागू हुने गरी आगामी असोज मसान्तसम्म खपत गरिएको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्ने मन्त्री स्तरीय निर्णय गरिएको हो ।

मन्त्री टोपबहादुर रायमाझीले आज पदभार ग्रहण गर्दै अक्सिजन उद्योगको महसुल छुट सम्बन्धी मन्त्री स्तरीय निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस