सबै मिलेर सङ्कट मोचन गर्नुपर्छ : गृहमन्त्री थापा

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १८ : ४२
सबै मिलेर सङ्कट मोचन गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सबै‘ मिलेर सङ्कट मोचन गर्नुपर्ने बताएका छन् । मन्त्री पदको सपथग्रहणपछि आज गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले वर्तमान विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा विशेष ध्यान दिन र चुस्त व्यवस्थापनमा लाग्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।

‘निषेधाज्ञाको मौका छोपी हुनसक्ने कालोबजारी नियन्त्रणमा सचेत हुनुहोस्, मन्त्रालयबाट पूर्ण सहयोग रहने छ’, पद बहालीका क्रममा गृहमन्त्री थापाले भने, 

उनले मातहतका निकाय तथा कर्मचारीबाट विगतमा जस्तै सहयोगको अपेक्षा रहेकोसमेत बताए । गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्दै निषेधाज्ञाको आदेश पालना गराउन र मन्त्रालयले दिएको निर्देशन कार्यान्वयनमा सक्रियतापूर्वक लाग्न सुरक्षा निकायलाई समेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस