रौतहट । रौतहटमा जेठ ७ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९डिसिएमसी०को बिहीबार बसेको बैठकले जेठ ७ गतेसम्म निषेधाज्ञाको समयावधि थप्ने निर्णय गरेको हो ।
यसअघि पहिलोपटक जारी भएको निषेधाज्ञाको समय आज राती १२ बजे सकिँदैछ । कोरोना संक्रमणको दर बढ्दै गएकोले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन पूर्ण रुपमा प्रतिबन्ध लगाइएको समेत उनले बताए । बिहीबारसम्म जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० पुगेको छ भने संक्रमितको संख्या ५९० पुगेको छ । अहिले जिल्लामा ४८६ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ बैशाख २०७८, १६ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरको निषेधाज्ञा हट्याे
सुनसरीको दुई स्थानमा निषेधाज्ञा
रौतहटको झडपपछि वीरगन्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै