टयाक्टरको ठक्करबाट मोटरसाईकलमा सवार दुई युवाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, ०८ : ५७
टयाक्टरको ठक्करबाट मोटरसाईकलमा सवार दुई युवाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा टयाक्टरको ठक्करबाट मोटरसाईकलमा सवार २ जना युवाको मृत्यु भएको छ ।

जिल्लाको  कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा बिहीबार से१त ४४४१ नंको ट्र्याक्टरले से३प ३००४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र २८ वर्षीय प्रकाश रोकायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रकाशको घटनास्थलमै र सुरजको उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको बताइएको छ । मृतक दुवै कृष्णपुर नगरपालिकाका बासिन्दा रहेका छन् । ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।