काठमाडौ । आगामी वर्ष दशैं असोजमै परेको छ। असोज ६ गते घटस्थापना परेको छ । २०८१ सालको घटस्थापना असोज १७ गते थियो। २०८२ साल असोज १३ गते फूलपाती र कालरात्री, १४ गते महाअष्टमी, १५ गते महानवमी र २० गते कोजाग्रत पूर्णिमा परेको छ। ०८२ सालको वर्षको दशैं असोजमै शुरू भएर सोही महिना सकिने छ।
२०८१ सालको भन्दा दुई साताअघि तिहार सरेको छ। तिहारको धनतेरस कात्तिक १ गते परेको छ। कातिक २ गते काग तिहार, ३ गते नरक चतुदर्शी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ। यो वर्ष पनि ककुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको थियो।
विदेशमा रहेका नेपालीले नेपाल आउनका लागि समय तय गर्न, बिहे र व्रतबन्धको साइत जुराउन पञ्चाङ्ग पात्रोको बढी माग गर्ने गरेका छन्। सोही आधारमा समितिले तिथि निकालेको हो। यद्यपि, सार्वजनिक गरेको छैन। नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, ०८ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दशैमा राजधानी छोड्नेको संख्या आधाले घट्यो
दशैंमा कस्तो मासु खाने, कस्तो नखाने ?
दशैंको टीका: नेपालमा ११:३६ बजे शुभ
दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा
दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने