काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलसहितका नेताहरू आज धनकुटा जाने भएका छन् ।
माघ महिनादेखि एमालेले सञ्चालन गर्न लागेको जरा केन्द्रित तीन महिने अभियानको जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रमका लागि नेताहरू धनकुटा जान लागेका हुन् ।
कार्यक्रमलाई एमाले महासचिव पोख्रेलसहित पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र राई लगायतले सम्बोधन गर्नेछन् ।
सामुदायिक भवनमा आइतबार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए । एमाले, माघदेखि चैतसम्म तीन महिना वडा केन्द्रित अभियानमा जुटेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभामा बहुमत पुर्याएपछि मात्रै संविधान संशोधनः शंकर पोख्रेल
आउने चुनावमा जनमत विभाजन हुन नदिनेगरी संविधान संशोधन हुन्छ : शंकर पोख्रेल
गठबन्धन सरकारका गतिविधिले जनता निराश : महासचिव पोखरेल