काठमाडौं । माधव नेपाल समुहका सांसदहरु राजिनामा दिन सिंहदरबारमा छलफलमा जुटेका छन् । उनीहरुले अबको केहीबेरमा राजिनामा दिने बताईएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपनि केही जवाफ नआएपनि उनीहरु राजिनामा दिने तयारी थालेका हुन् । बैठकका लागि नेता माधव नेपाल सिंहदरवार पुगिसकेका छन् ।
नेपाल पक्षीय एक सांसदले ‘केपी ओलीको दम्भका कारण पार्टी एकताका सम्पूर्ण प्रयास असफल भएको बताएका छन् । नेपाल पक्षीय सांसदहरुले एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम हुन सक्ने बताएका छन् ।’
नेपाल पक्षका कतिजना सांसदले राजीनामा दिने भए भन्ने संख्या अझै खुलाइएको छैन । तर पार्टी विभाजन नै हुने भएपछि समानुपातिक सांसदले पनि राजीनामा दिने तय भएको छ । नेपाल पक्षिय सांसदहरुले राजिनामा दिने र त्यसो भए संसदको संख्या घट्ने र त्यो अवस्थामा अन्य दलको बहुमत पुग्ने पनि उनीहरुको आँकलन छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजा महाराजाको कुनै काम छैन : माधव नेपाल
राजतन्त्रको औचित्य छैन: माधव नेपाल
यो कास्टिङ मात्र हो, प्रतिगामीहरू होसियार : माधव नेपाल
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल