एजेन्सी । भारतको मुम्बईमा एयर एम्बुलेन्स जहाजलाई पाइलटले पांग्रा खसेपनि सफल अवतरण गराएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहिबार राति बिरामी बोकेको एयर एम्बुलेन्स नागपुरबाट हैदरावाद जाँदै थियो। जहाजमा दुई जना क्रु मेम्बर, एक जना बिरामी, एक जना बिरामीका आफन्त र एक जना डाक्टर थिए।
जेट सर्भ एभिएसनले चलाएको सी ९० भिटी जेआइएल जहाजको टेकअफ हुनासाथ एउटा पांग्रा निस्किएको थियो। त्यसपछि पाइलटले आकस्मिक अवतरणका लागि जहाज मुम्बईतिर मोडेका थिए। मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आकस्मिक अवतरणको तयारी गरिएको थियो।
अवतरणका क्रममा जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फोम बिछ्याइको थियो। पाइलटले ल्यान्डिङ गियर नखोलीकनै ुबेली ल्यान्डिङु गराएका थिए। राति ९ बजेर ९ मिनेटमा जहाजको विमानस्थलमा सफल अवतरण गरिएको थियो। जहाजमा रहेका सबैजना सुरक्षित छन्। बिरामीलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ बैशाख २०७८, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनाग्रस्त विमानका पाइलटको उपचार हुँदै, अवस्था 'खतरामुक्त'
पाइलट अभावले उडान प्रभावित हुन थाल्यो
उडिरहेको जहाजका दुवैजना पाइलट निदाएपछि…