जहाज दुर्घटना अपडेट

दुर्घटनाग्रस्त विमानका पाइलटको उपचार हुँदै, अवस्था 'खतरामुक्त'

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, १३ : ३४
दुर्घटनाग्रस्त विमानका पाइलटको उपचार हुँदै, अवस्था 'खतरामुक्त'

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरका पाइलटको उपचार भइरहेको छ । काठमाडौंको केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचाररत पाइलटको अवस्था खतरामुक्त रहेको डाक्टर नवीन मिश्रले जानकारी दिए ।

उनका अनुसार पाइलट शाक्य बोल्न सक्ने अवस्थामा छन् । पाइलटको स्वास्थ्य अवस्था खतराभन्दा बाहिर देखिए पनि इमर्जेन्सी कक्षमा राखेर उपचार भइरहेको उनले बताए।

दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले १७ जनाको मृत्यु भएको लोकान्तरलाई जानकारी दिए ।बुधबार बिहान विमानस्थलमा जहाज दुर्घटना भएको थियो ।