नक्कली नोट सहित ललितपुरबाट एक जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, १२ बैशाख २०७८, १२ : ४३
नक्कली नोट सहित ललितपुरबाट एक जना पक्राउ

ललितपुर । महालक्ष्मी नगरपालिका १ ईमाडोलबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट ५ थान सहित  काठमाडौं  माछापोखरी बस्ने हुम्ला सार्केटार गाउँपालिका ७ जैर घर भएका १९ वर्षीय मुन बहादुर  रावतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

उक्त ठाउँमा नक्कली पैसाको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ग्वार्खोबाट ईमाडोलतर्फ आउँदै गरेका रावतलाई शंका लागि शरीर तलासी गर्दा उक्त नक्कली नोट सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

साथै उनको साथबाट सक्कली नोट जस्तो देखिने ५ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।उनी उपर जिल्ला अदालत ललितपुरबाट मुद्रा सम्बन्धी कसूर मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको  महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस