काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । अपरान्हपछि देशको पश्चिमी भू– भागमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहने देखिएको महाशाखाले बताएको छ ।
उच्च पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी भू–भागको मौसम सफा छ । देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यसैबिच पहाडी भू–भागका थोरै स्थानमा साँझपख मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ बैशाख २०७८, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षादेखि हिमपातसम्मको सम्भावना
आजको मौसम : सातै प्रदेशमा सामान्य वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?