स्रोत नखुलेको साढे २४ लाखसहित एक जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १२ : ४८
स्रोत नखुलेको साढे २४ लाखसहित एक जना पक्राउ

काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।प्रहरीले मोरङ कानेपोखरी गाउँपालिका ७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ  पक्राउ गरेको हो ।

यति एयरको उडानको काठमाडौंबाट मोरङ जान लागेका उनलाई विमानस्थलको आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्नेक्रममा उक्त स्रोत नखुलेको नगद सहित प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस