गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको गाडी दुर्घटना भएको हो । जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार गाडी दुर्घटना भएको गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
उक्त गाडीमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सूर्य पन्थी, खरिदार किशोरी भण्डारी लगायत सवार रहेको बताइएको छ ।
प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार दुर्घटनामा दुईजना पुरुषको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन बाँकी रहेको उनले बताए ।
दुर्घटना स्थलमा प्रहरीको टोली पुगेर उद्धार कार्यमा खटिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ बैशाख २०७८, १२ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली तीर्थ यात्री सवार गाडी अयोध्यामा दुर्घटना, ३ जनाको मृत्यु
अर्घाखाँचीमा जन्ती बोकेको गाडी दुर्घटना, ९ जना घाइते
कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, ३ जनाको मृत्यु
महाकुम्भ मेलामा स्नान गर्न गइरहेका भक्तजन सवार गाडी दुर्घटना, १० जनाको मृत्यु, १९ जना घाइते
रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
जाजरकोटमा गाडी दुर्घटना हुँदा २० जना घाइते