५ किलो गाँजाको धुलोसहित एक जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, २२ चैत्र २०७७, १४ : ४५
५ किलो गाँजाको धुलोसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका - २ स्थित नागढुंगाबाट प्रहरीले ५ किलो गाँजाको धुलोसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले धादिङ घर घएका १३ वर्षीय निमा तामाङलाई पक्राउ गरेको हो ।

धादिङको माधववेशीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८५२३ नम्बरको यात्रुबाहक बसमा आएका निमाको साथबाट ५ किलो गाँजा बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

खैरो टेपले बाँधेर उनले सो गाँजा झोलामा लुकाएर ल्याएका थिए । लागुऔषध नियन्त्रण ऐन - ३३ अनुसार उनीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस