‘नेकपा’ विवादमा माओवादी केन्द्रले दिएको पुनरावलोकन निवेदन माथि आज सुनुवाई हुँदै

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०७७, १२ : ०८
‘नेकपा’ विवादमा माओवादी केन्द्रले दिएको पुनरावलोकन निवेदन माथि आज सुनुवाई हुँदै

काठमाडौं । नेकपा विवादमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलकोनका लागि दर्ता गरेको निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्युँताउने सर्वोच्च अदालतको फागुन २३ को फैसलाविरुद्ध अध्यक्ष प्रचण्डले गत सोमबार पुनरावलोकनको माग गर्दै निवेदन दर्ता गरेका थिए ।

उक्त निवेदनमाथि सर्वोच्चले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको तीन सदस्यीय पूर्ण इजलास गठन गरी बिहीबार उक्त मुद्दाको पेसी तोकेको छ ।

प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासमा हुने बहसले माग बमोजिम पुनरावलोकनका लागि स्वीकृति दिने–नदिने निर्णय गर्नेछ ।

पुनरावलोकन गर्ने आदेश भए फैसला कानुनसम्मत छ–छैन भन्नेबारे पुनरावलोकन हुनेछ । इजलासले पुनरावलोकन हुँदैन भनेर आदेश गरे सर्वोच्चको गत फागुन २३ कै फैसला सदर हुनेछ ।

प्रतिक्रिया दिनुहोस