जनकपुरधाम । अज्ञात समूहले गोली प्रहार गर्दा महोत्तरीमा एकजना घाइते भएका छन् ।
बुधबार बेलुका करिब साढे ७ बजे अज्ञात समूहले चलाएको गोली लागेर बर्दिबास नगरपालिका वडा नम्बर १ का रोशन कोइराला घाइते भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन् ।
औरही नगरपालिका वडा नम्बर ४ स्थित सेरामा गोली चल्दा कोइराला घाइते भएका हुन् । घाइते भएका कोइरालाको बर्दिबासमा उपचार भइरहेको छ । गोली कसले र किन चलाएको भन्ने नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०७७, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा गोली प्रहार गरेर लागुऔषध कारोबारी पक्राउ, प्रहरी समेत घाइते
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा
दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार
फिनल्याण्डमा १२ वर्षीय बालकले विद्यालयमा गोली चलाउँदा एकको मृत्यु, दुई जना गम्भीर
अमेरिकाको बाल्टिमोरमा गोली प्रहार, २ जनाको मृत्यु, २८ घाइते
कार दौडमा अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु