मोरङमा गोली प्रहार गरेर लागुऔषध कारोबारी पक्राउ, प्रहरी समेत घाइते

सफल खबर संवाददाता

मंगलबार, ०१ जेठ २०८१, १५ : ३६
मोरङमा गोली प्रहार गरेर लागुऔषध कारोबारी पक्राउ, प्रहरी समेत घाइते

काठमाडौँ । मोरङको रतुवामाई नगरपालिका–६ मा प्रहरीले गोली प्रहार गरेर एक जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले चलाएको गोली लागेर भारतको बिहार घर भएका ४८ वर्षीय भागिरथ हरिजन घाइते भएका छन् ।

उनको दायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय मोरङका एक जना अधिकृतले बताए । लागु औषध नियन्त्रण ब्युरोका प्रहरी नायव निरीक्षक बालकृष्ण सन्जेल नेतृत्वको टिमले गोली चलाएको हो । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ब्युरोबाट खटिएका असई नवीन शाही पनि घाइते भएका छन् ।