दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार

सफल खबर संवाददाता

शुक्रबार, २१ बैशाख २०८१, १५ : ३३
दमकमा परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार

काठमाडौँ । झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर छ ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत उदयपुरकी एलीना अधिकारीमाथि गोली प्रहार भएको झापाका प्रहरी प्रवक्ता (डीएसपी) कृष्ण चन्दले जानकारी दिए। उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् । 

कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा एलिनालाई बाटो ढुकेर गोली हानेको प्रहरीले जनाएको छ । उनलाई दमक ५ ज्येष्ठ नागरिक प्रतिष्ठान अगाडि गोली हानिएको हो । गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

घाइते अधिकारीको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको प्रवक्ता चन्दले बताए।

प्रतिक्रिया दिनुहोस