दाङमा शिकार खेल्न गएका एकजनाको गोली लागेर मृत्यु

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, ११ : ५३
दाङमा शिकार खेल्न गएका एकजनाको गोली लागेर मृत्यु

दाङ । शिकार खेल्न गएका एक जनाको गोली लागेर  दाङको घोराहीमा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १३ का ५० वर्षीय टेकबहादुर गुरुङको शुक्रबार राति गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख  गणेश चन्दले जानकारी दिए ।

घटनास्थल पुग्न तीनचार घन्टा जति पैदल हिँड्नुपर्ने तथा उक्त स्थानमा फोन सम्पर्क समेत राम्रोसंग हुन नसक्ने हुँदा घटनाबारे थप विवरण आउन बाँकी रहेको एसपी चन्दले बताए । प्रहरीले गोली चलाउने व्यक्तिलाई पनि नियन्त्रणमा लिइसकेको एसपी चन्दले जानकारी दिए ।

गोली चलाउने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।प्रहरीका अनुसार गुरुङको शव पोष्ट मार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।