काठमाडौँ । सत्तारुढ दल काँग्रेसकै नेताले अध्यादेशबाट देश चलाउन खोजेको भन्दै सरकारको आलोचना गरेका छन् । काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले ले संसद्को नियमित अधिवेशन छलेर अध्यादेशको सहारामा देश चलाउन खोज्नु गलत भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।
सरकारसँग पर्याप्त बहुमत हुँदा पनि बैठक आह्वान नगरी संसद्लाई बन्धक बनाएर अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको उनको भनाइ छ । बुटवलमा आइतबार पत्रकारहरूसँग बोल्दै नेता साउदले तत्काल संसद्को अधिवेशन बोलाउन पनि माग गरे ।
अध्यादेशमार्फत ल्याइएका विधेयक सर्वस्वीकार्य नहुने औँल्याए । ‘संसद्लाई लामो समयसम्म बन्धक बनाउँदै अध्यादेशमार्फत अहिलेको सरकारले विभिन्न ऐन बनाइरहेको छ, जुन संविधानसम्मत छैन यस विषयमा चौतर्फी विरोध भइरहेका छन् यसले राम्रो सन्देश गइरहेको छैन,’ उनले भने ।
ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्ने धारणा राखे । ‘प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्ति राख्दा संवेदनशील हुन जरुरी छ,’ साउदले भने, ‘सहमति विपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ । ’
साउदले दुई दलबीचको न्यूनतम साझा सहमति कार्यान्वयन नभएको गुनासासमेत आइरहेको भन्दै पूर्ण पालना गर्न सुझाव दिए । संविधान संशोधनसम्बन्धी सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै उनले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्ने समय भइसकेको जिकिर गरे । हरेक १० वर्षमा संविधानका कुरा परिवर्तन गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ : पूर्वमन्त्री साउद
सरकारले फिट गरेको डाइनामाइट पड्कियो भने चट्टानलाई क्षति पुर्याउन सक्छ : एनपी साउद
अन्य पार्टीहरुलाई समेट्दै जनाधार बलियो बनाउनतर्फ लागौँ : एनपी साउद
भारतसँगको सीमा समस्याको राजनीतिक समाधान खोज्नुपर्छ : परराष्ट्रमन्त्री साउद