काठमाडौँ। नेपाल बार एसोसिएसनले न्याय परिषद् सदस्यका लागि वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई पठाउने निर्णय गरेको छ । एसोसिएसनकी महासचिव अञ्जिता खनालका अनुसार बारको बैठकबाट वरिष्ठ अधिवक्ता खड्कालाई परिषद् सदस्य पठाउने सर्वसम्मत निर्णय भएको हो ।
बारबाट पठाइएका न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको पद रिक्त भएपछि बारले उनलाई पठाउने निर्णय गरेको हो । आइतबार सिफारिससम्बन्धी विवरणसहितको पत्र न्याय परिषद्मा पठाइनेछ। न्याय परिषद्ले उक्त पत्र संसदीय सुनुवाइ समितिमा पठाएपछि खड्काको नियुक्तिका लागि प्रक्रिया अघि बढ्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १४ : ५६
लेखकबाट थप