काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका हुन् ।
सभामुख घिमिरेले दलहरूले नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने बताए । उनले दलको भूमिकामार्फत दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीको प्रवर्द्धन हुने जिकिर गरे ।
उनले राजनीतिक दल आफैँ आम जनतालाई ठिक दिशामा लैजाने र जनताका अभिमतालई ठिक तरिकाले अभिव्यक्त गर्ने माध्यम रहेको बताए । जनताका अभिमतहरु उठाएर एउटा परिणाम दिने साधक नै राजनीतिक दल भएको बताए ।
सभामुख घिमिरेले लोकतान्त्रिक विधिअनुसार नबनेको राजनीतिक दलहरूमाथि प्रश्न उठ्नु स्वभाविक भएको बताए । उनले भने, ‘संसदीय परिपाटी त्यसमा पनि हाम्रो दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका सर्वप्रथम माथि रहन पुग्छ ।
त्यति मात्र होइन, दलहरु नै यो व्यवस्थालाई प्रभावकारी ढंगबाट स्थापित गर्ने र दलको भूमिकामार्फत नै यसलाई प्रवर्द्धन गर्दै अघि जाने कुराहरू हुन्छन् ।
सभामुख घिमिरेले जनतामा सूचनाको हकको अधिकार सुनिश्चित गर्न सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ पुस २०८१, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे