दाङमा स्कुल बस दुर्घटना : तिनजना विद्यार्थीको मृत्यु, एकदर्जन बढी घाईते

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, ०८ : २७
दाङमा स्कुल बस दुर्घटना : तिनजना विद्यार्थीको मृत्यु, एकदर्जन बढी घाईते

दाङ । स्कुल बस दुर्घटना हुँदा दाङमा तीन जना विद्यार्थीको मृत्यु भएको छ। एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

दाङको पब्लिक ज्ञानज्योति माध्यमिक विद्यालयका विद्यार्थी बोकेको बस आज बिहान दुर्घटना भएको हो। प्लस टू का विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो । तुलसीपुरको सरैयाडाडाँको चोकमा मंगलबार बिहान  दुर्घटना हुँदाअध्ययनरत तीन जना विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा १८ वर्षाया सम्झना केसीको सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले गरेको छ । कोठरीबाट रा १ क ४३३ नम्बरको बस विद्यार्थी ल्याएर तुलसीपुर आउँदै  गर्दा दुर्घटनामा परेको हो।

ब्रेक फेल भएर यता तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान छ । दुर्घटनामा २० जनाभन्दा बढी विद्यार्थी घाइते भएका छन् । केही घाइतेलाई थप उपचारका लागि बाँके पठाइएको छ।

प्रतिक्रिया दिनुहोस