सुर्खेतमा ३२ जना सवार स्कुल बस दुर्घटना

सफल खबर संवाददाता

बुधबार, २३ साउन २०८१, १८ : ३८
सुर्खेतमा ३२ जना सवार स्कुल बस दुर्घटना

सुर्खेत। वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।

वीरेन्द्रनगर नगरपालिका-८, इत्राम खाेलामा बस चिप्लिएर पल्टिएको प्रहरीले जनाएको छ।  बस स्कुल बिदा भए घर फर्किँदै थियो ।

प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए । केही विद्यार्थी घाइते भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस