काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका तीन सांसद ज्ञापनपत्र लिएर बालुवाटार पुगेका छन् । सोम पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार ज्ञापनपत्र लिएर बालुवाटार पुगेका हुन् ।
तीन सांसदले ल्याएको ज्ञापनपत्र बुझेपछि दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा कुरा राख्न आग्रह गरे । ‘कुनै गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव स्वीकारिँदैन । व्यक्तिगत ढंगले आएर आफ्नो कुरा राख्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने । ओलीले बोलाएको दलको बैठकमा नेपाल समूह अनुपस्थित छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ चैत्र २०७७, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकता र एकीकरणको चरण समाप्त भयो मर्ज गर्न सकिन्छ : ओली
प्रधानमन्त्री ओली सोलुखुम्बुमा
मधेशका नेताले संविधानको धारा-धारामा राजनीति गरेर जनता अल्मल्याए : प्रधानमन्त्री
सगरमाथा क्षेत्र पुगेको सडक उद्घाटन गर्न प्रधानमन्त्री जाने
त्रिवि दीक्षान्त समारोहमा प्रधानमन्त्रीको सम्बोधन- कुनै शक्तिसँग नझुक्ने स्वाभीमानी नागरिक हौं
त्रिविको सभा सिंहदरबारमा, सदस्यहरूको असन्तुष्टि