एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, ०६ चैत्र २०७७, १३ : २६
एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं । काठमाडौँको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत गोरखपुर घर भएका काठमाडौं ठमेल बस्ने २२ वर्षीय दिलसाद आलम रहेका छन् । 

शुक्रबार बिहान साढे २ बजे काठमाडौं महानगरपालिका २६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा उनी पक्राउ परेका महानगरीय प्रहरी वृत्त दरबारले जनाएको छ ।प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस