काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को मंगलबार बसेको स्थायी समिति बैठकले सत्ता साझेदारीका लागि नेपाली कांग्रेस र जनत समाजवादी पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ ।
पार्टीले सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता भने लिएको छैन । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नयाँ परिस्थितिबारे नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताए । यद्यपि, अहिले नै समर्थन फिर्ता लिने बारे भने कुनै निर्णय नभएको जानकारी दिए ।
आजको बैठकले फागुन २९ गते केन्द्रीय कमिटी बैठक तथा चैत १ गते गते प्रशिक्षण भेला बोलाउने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ फागुन २०७७, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकीकृत समाजवादीका नेता कन्दङ्वासहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
माओवादी केन्द्रद्वारा उपचार सहायता दिनुपर्ने माग: कोशी प्रदेश
माओवादी केन्द्र मधेस प्रदेशको परामर्श बैठक बर्दिबासमा सुरु
माओवादी केन्द्रको प्रदेशस्तरीय परामर्श बैठक उदयपुरमा सुरु
माओवादी केन्द्रको अनुशासन, निर्वाचन र लेखा आयोगको संयुक्त परामर्श बैठक सम्पन्न
सरकारविरुद्ध संघर्ष गर्ने तयारीमा छौँ : माओवादी केन्द्र