महिला हिंसाका घटनामा आयोगले शुन्य सहनशीलताका साथ काम गर्छ: राष्ट्रिय महिला आयोगकी अध्यक्ष पराजुली

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, १६ : ३८
महिला हिंसाका घटनामा आयोगले शुन्य सहनशीलताका साथ काम गर्छ: राष्ट्रिय महिला आयोगकी अध्यक्ष पराजुली

काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पुर्वाग्रह नराखी महिला हिंसाका घटनामा आयोगले शुन्य सहनशीलताका साथ काम गर्ने प्रतिवद्धता जनाएकी छिन्। 

आयोगले बुधबार भद्रकालिस्थित आफ्नै कार्यालयमा १ सय ११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गरेको अन्तरक्रियामा अध्यक्ष पराजुलीले राजनीतिक पुर्वाग्रह नराखी महिलाका मुद्धालाई सम्बोधन  गर्ने प्रतिवद्धता जनाएकी  हुन्  ।

उनले संबैधानिक आयोगका पदाधिकारी भएपछि सबैले पदिय भूमिका विना भेदभाव निर्वाह गर्नुपर्ने भन्दै राजनीतिक पुर्वाग्रह बिना महिला हिंसाका घटनाको अध्ययन अनुसन्धान र दोषीलाई कारवाहीको सिफारिस गरिने बताईन् ।

कार्यक्रममा पत्रकारहरुले महिला हिंसाका दोषीलाई राजनीतिक संरक्षण हुने गरेको र राजनीतिकै आडमा घटनामा संलग्नहरुमाथि कारवाही हुन नसकेको भन्दै आयोगको भूमिकामा पनि प्रश्न उठाएपछि अध्यक्ष पराजुलीले राजनीतिक अनूभूति हुने किसिमको काम आफुबाट नहुने प्रतिवद्धता जनाएकि हुन् ।

उनले त्यस्तो भएको अनूभूति भए आयोगलाई खबरदारी गर्न पनि सुझाईन् ।उनल भनिन् “यो ठाउँमा रहँदासम्म म बाट कुनै पनि राजनैतिक रंग, प्रभाव र अनुभूति हुने खालको कुनै पनि काम हुनेछैन । यदि कहीँ त्यस्तो अनुभूति भए खबदारी गर्न सक्नुहुन्छ । म यहाँहरुसंग यो प्रतिवद्धता व्यक्त गर्दछु ।

महिला हिंसाका कुनै पनि विषयमा हाम्रो शुन्य सहनशीलता हुनेछ । र त्यस्ता घटनाहरुलाई छानविन गर्ने, अनुसन्धान गर्ने, कारवाहीको सिफारिस गर्ने र कारवाही गराउने क्रममा जो कोही भएपनि त्यहाँ राजनैतिक आग्रह पुर्वाग्रहको आधारमा कुनै पनि छुट र सम्झौता हुनेछैन । यो हाम्रो प्रतिवद्धता हो ।”

अध्यक्ष पराजुलीले हिंसामा परेका महिलालाई अर्थ उपार्जनको बाटोमा नलगाएसम्म उनीहरु हिंसा मुक्त हुन नसक्ने बताईन् । विद्यालय लगायत क्षेत्रमा बालिका र किशोरीमाथि भईरहेका यौनहिंसा लगायतका घटनाले आयोगको गम्भीर ध्यानाकर्षण गराएको भन्दै उनले समस्या समाधानका लागि गृहमन्त्रालय र शिक्षा मन्त्रालयसंग समन्वय गरेर अघि बढ्ने गरि परामर्श र छलफल भईरहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस