एजेन्सी । म्यानमारमा उठेको शान्तिपूर्ण जनप्रदर्शन दबाउन सुरक्षाकर्मीले गोली प्रहार गर्दा कम्तिमा १८ जनाको मृत्यु भएको छ । अरु दर्जनौँ प्रदर्शनकारी घाइते बनेका छन् ।
गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सरकार अपदस्थ गर्दै सत्ता कब्जा गरेपछि नै यहाँ निरन्तर प्रदर्शन हुँदैआएको छ । आइतबारको जनप्रदर्शन पछिल्ला केही दिनयताकै विशाल भएको स्थानीय मिडियाले जनाएका छन् ।
आइतबारको शान्तिपूर्ण प्रदर्शन दबाउन सेना र प्रहरीले गोली प्रहार गर्नुका साथै थुप्रै रबरका गोली र पानीको फोहोरा प्रहार गरेको थियो । झडपको क्रममा ३० जना भन्दा धेरै घाइते छन् ।
देशकै ठूलो सहर यंगुन सहित विभिन्न सहरमा उठेका जनप्रदर्शनमाथि प्रहरीले ठूलो मात्रामा अश्रुग्यास, हवाइ फायरिङ र रबरका गोली प्रहार गरेको छ । पछिल्लो समय जनप्रदर्शन व्यापक बन्दै जाँदा सेना पनि आक्रामक रुपमा प्रस्तुत भएको छ ।
म्यानमारमा सेनाले सत्ता कब्जा गरेसँगै आन सान सू चीसहित थुप्रै नेता तथा कार्यकर्तालाई नजरबन्दी बनाएर नियन्त्रणमा राखेको छ । तर उनीहरुको रिहाइको माग गर्दै हरेक दिन प्रदर्शन उठिरहेको छ । यसअघि अघिल्लो साता पनि प्रदर्शनको क्रममा २ जना मारिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १७ फागुन २०७७, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बेमौसमी वर्षा : उद्धार कार्यमा वाधा
म्यानमारमा भूकम्प पीडितहरूलाई सहयोग गरिरहेका यूएसएडका कर्मचारीहरू बर्खास्त
म्यानमारमा भूकम्पमा परेर मर्नेको संख्या २,८८६ पुग्यो
भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार
म्यानमारमा शक्तिशाली भूकम्प
कीर्गिस्तानलाई हराउँदै म्यानमार फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश