जुम्ला । प्रभु बैंक लिमिटेडले आफ्नोे शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार देखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा आफ्नो २१३औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।
जुम्लामा बैंकको शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी चन्दननाथ नगरपालिका मेयर श्रीकान्तीका सेजुवालले प्रभु बैंकले आफ्नोे बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।
बैंकको जुम्ला शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा जुम्ला शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० फागुन २०७७, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु बैंकको थप २ शाखा सञ्चालनमा
मान्मामा प्रभु बैंकको ३०५ औँ शाखा सञ्चालनमा
प्रभु बैंकको सञ्चालकमा कार्की र बलायर नियुक्त
स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकलाई छुट