काठमाडौं । प्रभु बैंक लिमिटेडको रिक्त दुईजना सदस्यमा किशोर जंङ्ग कार्की र भावना बलायर नियुक्त भएका छन् ।
सोमबार बसेको बैंक सञ्चालक समितिको ३३८ औं बैठकले संस्थापक सेयरधनीको समूहबाट काठमाडौं महानगरपालिका वडा नं.४ विशालनगरका कार्की र सर्वसाधारण समूहबाट ललितपुर महानगरपालिका वडा नं.१५ खुमलटारका बलायरलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सदस्य कार्की क्लाउड मण्डप प्रा.लि.का प्रतिनिधि हुन् भने बलायर सर्वसाधराण लगानीकर्ताहरुकोतर्फबाट सञ्चालक समितिमा नियुक्त भएका हुन् ।
नवनियुक्त दुई जना सदस्यको जानकारी प्रभु बैंकले धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड र प्रभु क्यापितल लिमिटेडलाई बोधार्थ जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ बैशाख २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रभु बैंकको थप २ शाखा सञ्चालनमा
मान्मामा प्रभु बैंकको ३०५ औँ शाखा सञ्चालनमा
स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकलाई छुट