काठमाडौँ । पूर्वराजाको समर्थनमा चैत १५ मा भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुर्गा प्रसाईं र नवराज सुवेदीले नेतृत्व गरेको प्रदर्शनमा सहभागीहरूले आगजनी गरेको कारण प्रेमबहादुर श्रेष्ठ अध्यक्ष रहेको सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवन पूर्ण रुपमा क्षति भएको थियो ।
आगजनीमा संलग्न आरोपमा प्रवीण जोशी र सुरज गौतम पक्राउ गरेका छन् । उनीहरूलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।
रातोपाटीलाई प्राप्त भिडियो अनुसार आगजनी गर्दै एक जना आरोपीले भनेका छन्, ‘बल्यो बल्यो हाम्रो आन्दोलन रोकिने वाला छैन, दम भए रोकेर देखाऊ ।’ ती आरोपीले पूर्वराजा र रानीको फोटो प्रिन्ट गरिएको टिसर्ट लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठगी गरेको आरोपमा २ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
भरुवा बन्दुक सहित एकजना पक्राउ
एमाले सांसद सूर्य थापालाई मध्यरातमा धम्की दिने व्यक्ति पक्राउ
दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ
दैलेखमा तीन महिने शिशु अपहरण: एक महिला पक्राउ