म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिगको शीर्ष दुईमा

एजेन्सी

सोमबार, १० फागुन २०७७, १० : २०
म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिगको शीर्ष दुईमा

एजेन्सी ।  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड शीर्ष दुईमा उक्लिएको छ । आइतबार राति भएको खेलमा युनाईटेड न्युकासल युनाईटेडलाई ३–१ गोलले पराजित गर्दै शीर्ष दुईमा उक्लिएको हो ।

घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कुस राषफोर्ड, डानिल जेम्स र ब्रुनो फर्नान्डेसले एक एक गोल गरे । न्युकासलका एलेन सेन्ट म्याक्सीमिनले एक गोल फर्काए । जितसंगै दोस्रो स्थानमा उक्लिएको युनाईटेडको  २५ खेलमा ४९ अंक भएको छ । न्युकासल २५ अंकसहित १७औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस