शेरधन राईले दिए संसद् बैठक रोक्न सभामुखलाई दबाब, सभामुखबाट अस्वीकार

सफल खबर संवाददाता

आइतबार, ०९ फागुन २०७७, ११ : १६
शेरधन राईले दिए संसद् बैठक रोक्न सभामुखलाई दबाब, सभामुखबाट अस्वीकार

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न सभामखु प्रदीपकुमार भण्डारीलाई थप दबाब दिएका छन्।

सभामुखले भने मुख्यमन्त्री राईको दबाबलाई अस्वीकार गरेका छन्। राईले सभामुखलाई सूचना टाँसेर बैठक स्थगन गर्न भनेपछि सभामुखले आज अविश्वास टेबल हुने भएकाले  म बैठक रोक्न सक्दिनँ भनेका थिए । 

आज दुई बजेका लागि प्रदेशसभाको बैठक आह्वान भएको छ। यसअघि माघ २५ को बैठकमा अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची थियो। सरकारी पक्षका सांसदको अवरोध भएपछि सभामुखले १४ दिन संसद् स्थगन गरेका थिए।

त्यसयता मुख्यमन्त्रीले अविश्वास प्रस्ताव खारेज गर्न सभामुखलाई दबाब दिनेदेखि नेकपाको प्रचण्ड नेपाल पक्षलाई प्रस्ताव फिर्ता लिन अनुनय गरेका थिए। आजको बैठकमा अविश्वास टेबल हुने देखिएको छ । 

प्रतिक्रिया दिनुहोस